नेभिगेशन
मुख्य समाचार

ज्ञानेन्द्र शाहले निर्मल निवासमा बस्दा त त्यो उत्पात मच्चाए, नारायणहिटी भएको भए के गर्थे होला ?: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जति सफा गरेर धोएपनि नेपालको राजालाई संवैधानिक बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस पार्टी लामो अनुभवबाट यो निष्कर्षमा पुगेको उनको भनाई छ । बिहीबार काठमाडौँमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । 

‘हामीले के कुरा बुझ्यौँ भने नेपालको राजा कसैले पनि धोएर, जति सफा गरेर त्यसलाई धोयो भनेपनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन ।  नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो ।’ थापाले भने, ‘निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईँलाई ल्याएर । अहिले नारायणहिटीमा भएको भए के गर्थे होलान् ? आज एउटा मुर्ख लम्पट कसले आएर के भन्छ अनी बरालिएर हामीलाई हो की हो की भनयाजस्तो कांग्रेसको मान्छेलाई लागन मिल्छ ? हामीहरु सबै त्यो अनुभव गरेर आएको होइन ?’

Dish Home
Global Ime Bank

त्यस्तै उनले पार्टीको महाधिवेशनका बिषयमा कोहि अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने बताएका छन् । थापाले महाधिवेशनलगतै बिभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गरे । उनले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले जनताले चूनेका प्रतिनिधिहरु देश चलाउन सक्षम रहेको बताए । लडेर ल्याएको गणतन्त्र र व्यवस्थामा कमजोरी भए सच्चाउन सकिने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
आगलागीमा  ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ः०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त