नेभिगेशन
समाज

नेपाल सरकारले म्यानमार सरकारलाई हस्तान्तरण गर्यो २७ टन बराबरको राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालयको टोली म्यानमार पुगेर भूकम्पप्रभावितहरुका लागि खाद्यान्न, औषधि, लत्ताकपडा, टेन्ट लगाएत २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।  यसअघि मन्त्रिपरिषद्को बैठकले म्यानमारमा भूकम्पपीडितहरुका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो । नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा संकलन भएका सामाग्री म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले जानकारी दिए । भूकम्पमा परेको म्यानमारका नागरिकलाई केहि सहयोग होस् भनेर सरकारले सहयोग उपलव्ध गराएको उनले बताए । उनले नेपाल सरकारले हस्तान्तरण गरेको सामाग्री म्यानमार सरकारले प्रभावितहरुलाई वितरण गर्ने जानकारी दिए ।

Dish Home
Global Ime Bank

त्यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमारमा भूकम्प गएपछि नेपालमा खबर गरेर नेपाली सेनाको टोली आएर सेवा गरिरहेको जानकारी दिए । 

अहिलेसम्म नेपाली सेनाको टोलीले १३ सय भन्दा बढिको उपचार गरेको उनले जानकारी दिए । उनले म्यानमारमा डेडलाख नेपाली भाषी म्यानमारमा रहेको उल्लेख गरे । 

म्यानमारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्पका कारण तीन हजार ६ भन्दा बढिको मृत्यु भएको छ भने हजारौ घाइते भएका छन् । भूकम्पमा १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने १०–१५ जना हराइरहेको नेपाली दूतावासले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय...
चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।