नेभिगेशन
समाज

प्रहरीले भेट्टाउन नसेकेका दुर्गा प्रसाईँको आईजीपीलाई चुनौती, ‘वकिल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्नेभए सार्वजनिक हुन्छु’

काठमाडौँ । चैत १५ गतेदेखि प्रहरीले भेट्टाउन नसकेका व्यवसायी दुर्गा प्रसाईँले प्रहरीलाई नै चुनौती दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै प्रसाईँले आफूसँग वलिक र मानव अधिकारवादीको रोहवरमा कुरा  गर्ने भए आफू २४ देखि ३६ घण्टाभित्र सार्वजनिक हुने घोषणा गरेका हुन् ।

‘मलाई खोज्नु पर्दैन । म आईजीपीलाई यहीँबाट भन्छु, म तपाईँलाई राम्रोसँग चिन्दछु, तपाईँ राम्रो क्याडर हो । मैले तपाईँलाई के भन्न चाहान्छु, तपाईँले यो जिम्मेवारी लिनुहुन्छ र ५/५ जना वकिल र मानव अधिकारवादी रोहबरमा तपाईँले कुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको २४ घण्टादेखि ३६ घण्टाभित्र सार्वजनिक हुन्छु ।’

Global Ime Bank

त्यस्तै उनले तीनकुने घटनामा ज्यान गुमाएका २ जनाको परिवारलाई ५/५ लाख दिने घोषणा समेत गरेका छन् । 

चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको कमाण्डर रहेका प्रसाईँले प्रहरीको ब्यारिकेट समेत तोडेर निषेधित क्षेत्रतर्फ अघि बढाएका थिए । केही दुरी पर लगेर गाडी रोकेका प्रसाईँ प्रदर्शनस्थलतर्फ फर्किएका थिए । पछि आन्दोलन हिंसात्मक बन्दै गएपछि उनी फरार भएका थिए । 
त्यसयता प्रहरीले उनको चौतर्फी खोजी गरिरहेको छ । उनी भने सामाजिक सञ्जालमा भिडियो हालेर प्रहरीलाई नै चुनौती दिइरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

जाजरकोट भूकम्पस् ३४ हजार निजी आवासको क्षति आँकलन

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ । 
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । 
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा देउवा

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा देउवा

उनले भनिन् , “आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला । तर, त्यसले...
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम...