नेभिगेशन
समाज

प्रधानमन्त्री ओलीले दोहोर्याए, ‘सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री रहँदा र नरहँदासमेत सो नारा बारम्बार भन्ने ओलीले बुधबार भएको नेपाल चेम्बर अफ कमर्शको कार्यक्रममा समेत दोहोर्याएका हुन् । 

नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र बिकास तथा समृद्धि चाहिएको भन्दै यस बिषयमा कुनै सम्झौता नहुने बताएका हुन् । उनले आफु भ्रष्टाचारको विरोधी रहेपनि भ्रष्टाचार भइरहेको आफुलाई आशंका लागेको बताए । देशलाई बिकासका बाटोमा अघि बढाउनका लागि अनुकुल वातावरण बनेको र स्थायीत्व र स्थीरतातर्फ मुलुक अघि बढेको उनले बताए ।

Dish Home
Global Ime Bank

प्रधानमन्त्री ओलीले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायीत्व र स्थीरता हुने र त्यसपछि पनि यो शिलशिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । 

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवि, शिक्षक, प्राध्यापक लगाएत सवैको साथमा रहेको र सवैको भलाईका लागि काम गर्न चाहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन्दरले ल्याए ‘बदमास’

सुन्दरले ल्याए ‘बदमास’

अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका निर्माता तथा गितरकार राजभण्डारीले आफू जहाँ भएपनि नेपाल र नेपाली संगित प्रतिको प्रेम अगाध रहेको बताए । यस अघि पनि अमेरिकामा विभिन्न सांगितक...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

आजको बैठकमा उपसभापति डा.स्वर्णिम वाग्लले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’को खाका प्रस्तुत गरेका थिए । डा.वाग्लले सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र...
सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफूले बालेनसँग भेटेको समाचार गलत भएको बताएकी छिन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले बालेनलाई नभेटेको...