नेभिगेशन
समाज

पक्राउ परेका नेता कार्यकर्तालाई रिहा र पक्राउ पुर्जी खारेज नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको चेतावनी

काठमाडौँ । राजसंस्था पुर्नस्थापनाका लागि गठन भएको जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा जगमान गुरुङले चैत १५ गते पक्राउ परेकालाई रिहा एवं नवराज सुवेदीको नजरबन्द नहटाए सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् । 

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत गुरुङले सरकारले आफूहरुका नेता कायकर्तालाई निशर्त रिहा नगरे बैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् । 

Dish Home
Global Ime Bank

गुरुङले सरकारले राजसंस्था पक्षधरको मनोबल गिराउन चैत १५ गतेको कार्यक्रमपछि जारी भएका पक्राउ पुर्जी खारेज गर्नुपर्ने र नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने माग राखेका छन् । 

‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौँ,’ गुरुङले भने । 

सामूहिक गिरफ्तारीको अगुवाई आफुले गर्ने उनले बताए । 

गुरुङले अव आफुहरुको आन्दोलन भ्रद्र प्रकारको हुने बताए । अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफुहरु योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजना गरिएको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए । राजावादीहरुलाई कमजोर र बद्नाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए । 
उनले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन्दरले ल्याए ‘बदमास’

सुन्दरले ल्याए ‘बदमास’

अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका निर्माता तथा गितरकार राजभण्डारीले आफू जहाँ भएपनि नेपाल र नेपाली संगित प्रतिको प्रेम अगाध रहेको बताए । यस अघि पनि अमेरिकामा विभिन्न सांगितक...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

आजको बैठकमा उपसभापति डा.स्वर्णिम वाग्लले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’को खाका प्रस्तुत गरेका थिए । डा.वाग्लले सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र...
सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफूले बालेनसँग भेटेको समाचार गलत भएको बताएकी छिन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले बालेनलाई नभेटेको...