नेभिगेशन
समाज

हात उठाएर शिक्षकको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले बुधबार हात उठाएर प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकले बुधबार काठमाडौँको माइतिघरदेखि बानेश्वर क्षेत्रसम्म हात उठाएर प्रदर्शन गरेका हुन् । 

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबार पनि काठमाडौँको माइतिघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् ।

Global Ime Bank

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरेपनि महासंघले वार्ता अस्वीकार गरेको छ । आफूहरु अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ ।

महासंघले संसदको वर्षे अधिवेसन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

 

teachers-protest-11-1744188868.jpg

teachers-protest-1744188868.jpg

teachers-protest-9-1744188867.jpg

teachers-protest-10-1744188867.jpg

teachers-protest-5-1744188866.jpg

teachers-protest-6-1744188866.jpg

teachers-protest-7-1744188866.jpg

teachers-protest-3-1744188859.jpg

teachers-protest-4-1744188859.jpg

teachers-protest-2-1744188858.jpg

teachers-protest-1-1744188858.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।