नेभिगेशन
समाज

प्राधिकरणले दक्ष व्यक्ति पाएको छ, नागरिकको घरमा लोडसेडिङ हुँदैन : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अव लोडसेडिङ नहुने बताएका छन् । 

सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अव लोडसेडिङ नहुने बताएका हुन् । 

Dish Home
Global Ime Bank

उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभएपनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको धारणा राखे । अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे । 

मन्त्री खड्काले ऊर्जा क्षेत्रको बिकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढि विधुत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे । यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए । 

मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रशारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै शुभकामना दिए  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन्दरले ल्याए ‘बदमास’

सुन्दरले ल्याए ‘बदमास’

अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका निर्माता तथा गितरकार राजभण्डारीले आफू जहाँ भएपनि नेपाल र नेपाली संगित प्रतिको प्रेम अगाध रहेको बताए । यस अघि पनि अमेरिकामा विभिन्न सांगितक...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

आजको बैठकमा उपसभापति डा.स्वर्णिम वाग्लले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’को खाका प्रस्तुत गरेका थिए । डा.वाग्लले सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र...
सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफूले बालेनसँग भेटेको समाचार गलत भएको बताएकी छिन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले बालेनलाई नभेटेको...