नेभिगेशन
समाज

रविविरुद्ध ज्यादती भएको भन्दै मानव अधिकार आयोग पुग्यो रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपा मानव अधिकार आयोग पुगेको छ । पार्टीले बुधबार आयोग पुगेर लामिछानेमाथि सरकार पक्षले गरेको गैरकानुनी व्यवहारबारे ध्यानाकर्षण गराएको हो । 

आयोगमा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, केन्द्रीय सदस्य प्रमिला कुलुजु लगायत नेताहरु पुगेर ध्यानाकर्षण गराएका हुन् । 

Dish Home
Global Ime Bank

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुपक्र्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आदेश आएको १ घण्टा पनि नबित्दै प्रहरीले बुढानिलण्ठस्थित उनको निवास घेरेको थियो । 

पक्राउ पुर्जी समेत नलिई पुगेका प्रहरीहरु लामिछानेको बेडरुममा समेत प्रवेश गरेका थिए । लामिछानेले आफू गिरफ्तारी दिने बताउँदा बताउँदै प्रहरीको सो व्यवहारबारे रास्वपाले खेद प्रकट गरेको छ । 

त्यस्तै पक्राउ गर्न आएको प्रहरीले ‘अन्तिम इच्छा’ भन्दै गरेको प्रश्नलाई लिएर चौतर्फी आलोचना भइरहेको  बेला पार्टीले आयोगको ध्यानाकर्षण गराएको हो । 

त्यसो त रास्वपाले गत मंसिर २३ गते पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट मध्यरातमा पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको थियो । 

रास्वपाले राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगको ध्यानाकर्षण गराएको थियो । 

त्यती मात्रै नभएर सोही समयमा लामिछानेकी पत्नी निकिता पौडेलले समेत लामिछानेमाथि सरकारले गैरकानुनी व्यवहार देखाएको भन्दै आयोगको ध्यानाकर्षण गराएकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन्दरले ल्याए ‘बदमास’

सुन्दरले ल्याए ‘बदमास’

अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका निर्माता तथा गितरकार राजभण्डारीले आफू जहाँ भएपनि नेपाल र नेपाली संगित प्रतिको प्रेम अगाध रहेको बताए । यस अघि पनि अमेरिकामा विभिन्न सांगितक...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...
रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

रास्वपा बैठकः सञ्जालमा मर्यादित र शिष्ट हुन निर्देशन, उपसभापति वाग्लले प्रस्तुत गरे'ब्लु प्रिन्ट'को खाका 

आजको बैठकमा उपसभापति डा.स्वर्णिम वाग्लले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्ट’को खाका प्रस्तुत गरेका थिए । डा.वाग्लले सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र...
सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

सुमना भन्छिन्ः बालेनसँग भेट भएको बसन्तपुरको स्टेजमा हो, त्यसपछि भेटेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफूले बालेनसँग भेटेको समाचार गलत भएको बताएकी छिन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीका प्रश्नको जवाफ दिदै उनले बालेनलाई नभेटेको...