नेभिगेशन
मुख्य समाचार

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो ।

Global Ime Bank

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ ।

सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ ।

आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो

वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर सोमबार दुवै समुदायका...
घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो ।  
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो ।  अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न...
२५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर

२५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र उनलाई नगद दिने पौडेललाई विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै...
भर्खरै