नेभिगेशन
मुख्य समाचार

राप्रपाले आमसभापछि सफा गर्यो सडक, बालेनले दिए धन्यवाद!

काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरुले आमसभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन । राप्रपाले आज बल्खुमा आयोजना गरेको खबरदारी सभा सकिएपछि  नेता कार्यकर्ता  र स्वयंमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको थिए । 

यस अघि मञ्चबाटै उपस्थितहरुलाई फोहोर नगर्न आग्रह गरिएको थियो । काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न चेतावनी दिएका थिए । 

Global Ime Bank

उनले भनेका थिए, 'हाम्रो बालेनजीलाई,यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस '।


यसको जवाफमा बालेनले पनि कसले फोहोर गर्छ  र जरिवाना काटौला भनेर कोहि नबसेको भन्दै सभा सकिएपछि सफा गरिएको राप्रपालाई धन्यवाद दिएका छन् । 
उनले लेखेका छन्, 'कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । 
राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ '।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो

वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर सोमबार दुवै समुदायका...
घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो ।  
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो ।  अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न...
२५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर

२५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र उनलाई नगद दिने पौडेललाई विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै...
भर्खरै