नेभिगेशन
मुख्य समाचार

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौंः प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताएका छन् । 

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे । “सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न उपयुक्त समयमा संविधान संशोधन गर्छौँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर ‘प्याण्डोरा’को बाकस खोलेजस्तो गर्दैनौँ । 

Global Ime Bank

प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”, प्रधानमन्त्री ओलीले भने, “राजतन्त्र फेरि ल्याउने भनेर केही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खोजेका छन् । हामीले नयाँ पुस्तालाई सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सक्दैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित एवं सुदृढ बनाउनु  सबैको कर्तव्य भएको उल्लेख गरे । “यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । अभ्यासमा आएको लामो समय नभएकाले यो व्यवस्थामा केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।”, उनले भने, “ अब हामी द्रुत गतिमा अघि बढेका छौँ । यस प्रणालीअन्तर्गत सांसदको सपथ लिने अनि बाहिर गएर संविधान मान्दिन भन्ने अभिव्यक्ति दिनु  हुँदैन ।”

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि भारत  र चीनसँगको सम्बन्ध समुधुर रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज २ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

आज २ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

बैठकमा महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको भारतीय कारमा आगलागी

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको भारतीय कारमा आगलागी

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।