नेभिगेशन
मुख्य समाचार

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ’ : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख एमोलेको युवा संघको सहअध्यक्ष भएको आरोप अगाएका छन् । बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रहरीले प्रहरी भएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘तीनकुनेको आन्दोलनमा भएका घाइतेको कुनै हिसाब छैन । भौतिक क्षति भयो त्यसको कुनै हिसाब छैन । त्यसमा अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छ । अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ, हेर्नुहोस् त । हामीले भटेको खोकाहरु, अश्रुग्यासका सेलका पोकाहरु जहाँ एक्सपाइरी डेट २००८ लेखेको छ, २०१०, २०१२ लेखेको छ त्यो नक्कली हो ? दुर्गा प्रसाईँहरुले बोकेर ल्याएर हानेको अश्रुग्यास हो त्यो ? अनि त्यो प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रुगयास कसरी डेट एक्सपाएर भएको हुन्छ ? भन्छ ल । म भन्न चाहनछु, प्रहरी प्रहरी भएर बस्नुपर्छ । कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन । तपाईँलाई त्यो फुली लाइदिने दलका नाइकेहरु सधैँ सत्तामा हुँदैनन् । र तिनीहरुको सधैँ हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु ।’ 

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज २ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

आज २ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

बैठकमा महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको भारतीय कारमा आगलागी

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको भारतीय कारमा आगलागी

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।