नेभिगेशन
मुख्य समाचार

राप्रपा नेतृ कुन्तीको चेतावनीः गणतन्त्रवादीहरु कि देश छोडेर भाग कि आत्मसमपर्ण गर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रिय सदस्य कुन्ती पोखरेलले गणतन्त्रवादीहरुलाई देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी छन । बल्खुमा आयोजित राप्रपाको आमसभामा बोल्दै पोखरेलले यस्तो चेतावनी दिएकी हुन् । 
उनले भनिन्, 'एउटा कुरा भन्न चाहन्छु । गणतन्त्र भनिने लुटतन्त्रेहरुले के गरे हाम्रो देशमा थाहा छ रु भएका सबै कलकारखाना बन्द गरे । हाम्रा युवाले दुई छाक खाने ठाउँ बन्द गरेर एउटा कारखाना चलाएका छन । त्यो के कारखाना हो थाहा छ रु भ्रष्टाचारी जन्माउने कारखाना । ए लुटतन्त्रेहरु, आजै तिमीहरु भागिहाल, कि घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरुले कुट्नेछन । कि देश छोडेर भाग कि राष्ट्रवादी साथिहरुको अगाडि आत्मसमर्पण गर । नत्र खैरियत छैन । सात गतेबाट सडक तताउँ । यिनीहरुको दानापानी बन्द गरौं '।

उनले हिरासतमा रहेको राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्मेर राणालाई रिहा नगरे बैशाख ७ गते देखि सडकबाट आन्दोलन चर्काउने चेतावनी दिइन् । उनले भनिन्, 'आज हाम्रो रगत तातेको छ । हाम्रा नेतागणहरुलाई थुनेर राखेका छन । उहाँहरुलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु । यो आज हाम्रो सुरुवात हो । अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौं, यहाँबाट चल्दैनों । राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौं '।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज २ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

आज २ बजे रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

बैठकमा महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको भारतीय कारमा आगलागी

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको भारतीय कारमा आगलागी

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

आजको मौसमः स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।