नेभिगेशन
मुख्य समाचार

आज बल्खुमा राप्रपाको प्रदर्शनः २ हजार प्रहरी परिचालन

काठमाडौँ । आजका काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजसंस्था पुर्नस्थापनाको माग गर्दै  प्रदर्शन गर्दैछ । 


आज दिउँसो  १२ बजेदेखि बल्खुमा सभा सुरु हुने राप्रपाले जनाएको छ । त्यस भन्दा अघि काठमाडौका विभिन्न ठाउँमाबाट र्याली निकालिने राप्रपाले जनाएको छ ।

Global Ime Bank

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने छन् भने  विभिन्न ठाउँबाट बल्खु पुगेका र्याली १२ बजेदेखि आमसभामा परिणत हुने छ ।  
आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने छन् । 


चैत १५ गते दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आयोजना गरेको प्रदर्शन अराजक हुँदा राप्रपलाई समेत नैतिक क्षती पुगेको थियो राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र सहित महामन्त्री धवलसमशेर राणा अहिले प्रहरी हिरासतमा छन् । 


आजको प्रदर्शनमा पनि घुसपैठ हुन सक्ने भन्दै राप्रपाले घुसपैठ भए प्रतिकार गर्ने जनाइसकेको छ । यसका लागि अहिले बिहान ९ बजेबाटै कार्यक्रमस्थलमा राप्रपाका स्यंसेवकले घेर्ने छन् । 
यस्तै आजको प्रदर्शन पनि असामान्य बन्न सक्ने भन्दै सुरक्षा निकायले तयारी गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार आज २ हजार बढी प्रहरी प्रदर्शनस्थल वरपर सुरक्षामा खटिने छन् भने सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ ।


सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।


यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।