नेभिगेशन
मुख्य समाचार

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

लुम्बिनी (मर्चवार) । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

Global Ime Bank

    घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १( जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 

    घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको थियो ।

    दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा  क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको प्रहरीको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।