नेभिगेशन
समाज

ईलाका प्रशासन कार्यालय कटारीले गर्यो आफ्नै भवनबाट सेवा सुरु

उदयपुर । करिब १२ वर्षदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको ईलाका प्रशासन कार्यालय कटारीले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा सञ्चालन सुरु गरेको छ।

कटारी नगरपालिका–३ स्थित नयाँ भवनबाट कार्यालयले औपचारिक रूपमा सेवा दिन सुरु गरेको हो। संघीय सरकारको गृह मन्त्रालय अन्तर्गत ५ करोड ६३ लाख २० हजार ९८१ रुपैयाँ ७६ पैसाको लागतमा निर्माण सम्पन्न भएको सो भवनबाट आजबाट सेवा सुचारु गरिएको हो।

उदयपुर जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा अवस्थित उक्त कार्यालयबाट जिल्लाको पश्चिमी भेगका सेवाग्राहीहरूलाई प्रशासनिक सेवा दिइँदै आएको ईलाका प्रशासन कार्यालय प्रमुख कोपिला राईले बताइन्।

भवन निर्माणको जिम्मा वानेश्वर-१० स्थित मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लिएको थियो। २०७९ साल असारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले शिलान्यास गरेका थिए। सम्झौता अनुसार दुई वर्षभित्र निर्माण सक्नुपर्ने गरी काम थालिएको थियो।

भवन निर्माण सम्पन्न भइसकेकाले आफ्नै भवन बाट आज देखि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी  प्रेम लुइँटेलले बताए । हाल ईलाका प्रशासन कार्यालयले कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सेवाग्राहीलाई सेवा प्रदान गर्दै  आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले...
हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । 
राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ...