नेभिगेशन
समाज

बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्ने उद्देश्यले एम्बुलेन्स वितरण गरेको तर सोही विषयलाई लिएर लाञ्चनायुक्त सामग्री प्रकाशित भएको जनाएको छ ।

त्यस्तै एम्बुलेन्स वितरण गर्ने योजना आफूहरुको नभएर नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको र सोहीअनुरुप कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढाइएको सचिवालयले जनाएको छ । ‘एम्बुलेन्स वितरण गर्ने योजना नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको नीतिगत निर्णय हो । सार्वजनिक सुचना आह्वान गरी देशभरीका गाउँपालिकाबाट प्राप्त निवेदनका आधारमा प्रादेशिक भार छुट्याई वैज्ञानिक प्रक्रियाबाट आठ छनौट मापदण्डका आधारमा ३५ वटा गाउपालिका छनौट गरिएको थियो । सोहि बमोजिम कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढेको हो ।’, विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै एम्बुलेन्स सार्वजनिक खरिद प्रक्रियाका लागि सरकारले प्रयोग गरेको प्रविधि अवलम्बन गरिएको र  एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरु तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया अघि बढाइएको सचिवालयले जनाएको छ । ‘प्रचलित कानुनबमोजिम एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरु तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया गरिएको हो । खुला प्रतिस्पर्धाका माध्यमबाट कानुन बमोजिम गठित समितिबाट मुल्याकंन गरेर बोलपत्रदाताको छनोट गरिएको हो । छनोट भएको बोलपत्रदातासँग सम्झौता गरेर कार्यादेश दिइएको छ ’, सचिवालयले भनेको छ । 

त्यस्तै कुनै पनि खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुदाँ प्रमुख र सचिवालयलाई जोडेर समाचार प्रकाशित प्रसारित गरिएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । 
राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ...