नेभिगेशन
समाज

गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने बताएका छन् । 

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् । उनले मापदण्ड विपरीतका सवारी साधनलाई कडाई गर्ने बिषयमा प्रहरीका तर्फबाट असहयोग भएको गुनासो गरे । 

यसैगरि सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए ।  काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गरे । 

उनले स्वचालिक प्रणालीबाटै भाडादर कायम गर्नेमा सरकारात्मक रहेको धारणा राखे । 

छलफलका क्रममा यातायात व्यवसायीहरुले बीपी राजमार्ग, दाउन्ने सडक खण्ड लगाएतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले...
हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । 
राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ...