नेभिगेशन
समाज

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । 

उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए । 

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए । 

विसं २०३३  मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगको विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले...
हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । 
राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ...