नेभिगेशन
समाज

तीनकुने घटनाका दोषीउपर छानबिन गरि कारबाही गर्न राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरु उपर छानविन गरि कानूनी कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले राजावादीहरुले विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भत्र्सना गर्दै दोषीहरु उपर आवश्यक छानविन गरि कानूनी कारवाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

Global Ime Bank

बैठकले तीनकुने र आसपासको स्थानमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना लगाएतका कुनै कार्यक्रमका लागि अनुमति नदिन समेत सरकारलाई निर्देशन दिएको छ । त्यस्तै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहरिनबाट रोक्न एवं मुलुकको व्यवस्था रक्षाका लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिइएको सभापति खतिवडाले उल्लेख गरे । बैठकमा गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते भएको घटनाका दोषीलाई कारवाही हुने स्पष्ट पारे । उनले आगामी दिनमा यस प्रकार गैरजिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गरे । संविधानलाई हिंसात्मक गतिविधिबाट उल्टाउने नियतका साथ चैत्र १५ गतको घटना भएको भन्दै उनले सवै सचेत हुन जरुरी रहेको उल्लेख गरे । 

उक्त घटनामा प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएको उहाले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले चैत्र १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाका बिषयमा छानविन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण 

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण 

यता प्रहरीले त्यसबारे पुष्टि गरेको छैन । नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पक्राउको कुनै जानकारी नआएको बताए । 
आजका कुराः आज दिनभर के के भयो ?

आजका कुराः आज दिनभर के के भयो ?

आजका कुराः आज दिनभर के के भयो ?
चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते

चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
भृकुटीमण्डपमा 'नेश्नल हर्टिकल्चर एक्स्पो'  सुरु (तस्विरहरु)

भृकुटीमण्डपमा 'नेश्नल हर्टिकल्चर एक्स्पो'  सुरु (तस्विरहरु)

बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेश्नल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ ।