नेभिगेशन
समाज

बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफलाई पदबाट हटाउनुको मुख्य कारण विद्युतको बक्यौता उठाउनु रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले १८ घण्टाको लोडसेडिङ हटाएको तर व्यापारीहरुले नतिरेको बक्यौता उठाउन खोज्दा सरकारले नै आफूलाई हटाएको बताएका हुन् ।

 

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।’

त्यस्तै उनले आफूलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाट हटाउँदैमा जिम्मेवार नागरिकको भुमिकाबाट आफू कहिल्यै पछि नहट्ने बताएका छन् । ‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाटमात्रै बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य कहिल्यै कम हुने छैन ।’, उनले थप भने, ‘मलाई हटाउन मन्त्रिपरिषद् बैठकले तयारी गरेको दिनपनि म मकवानपुरको विकट चेपाङ बस्तीमा बत्ती बाल्ने काममा खटिरहेको थिए।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आँटेको पुर्‍याइदेउ बागलुङ कालिका...

आँटेको पुर्‍याइदेउ बागलुङ कालिका...

जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुर्‍याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाएका थिए । त्यसयता...