नेभिगेशन
मुख्य समाचार

भाटभटेनी लुटपाटमा संलग्न भनिएका डा. राज कुमार राई पार्टीबाट तीन महिनाअघि नै अलग्गिएका थिएः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका नेता संलग्न भएको भन्ने समाचारमा सत्यता नभएको जनाएको छ । रास्वपाले केही मिडियामा प्रस्तुत समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

रास्वपा केन्द्रीय संगठन विभागले एक विज्ञप्ती गर्दै खोटाङका डा. राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु विगत करिब ३ महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेको जानकारी गराएको छ । 

‘हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ । उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’ विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
म्यान्मारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

म्यान्मारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना...
ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अनुसार ट्रम्पको नयाँ विश्वव्यापी करहरू विश्वव्यापी व्यापार युद्धलाई ट्रिगर गर्ने र महामन्दीलाई गहिरो बनाउनका लागि सबैभन्दा बढी सम्झना गरिने स्मुट–हेली शुल्क ऐन,...
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने देखाएको थियो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण...
भर्खरै