नेभिगेशन
समाज

कटारी प्रहरीद्वारा  १० हजार बढी ट्याब्लेट लागू औषधसहित ७ जना पक्राउ

उदयपुर । उदयपुरमा ठूलो मात्रामा लागु औषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कटारीको टोलीले कटारी बजारबाट ७ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मंगलबार कटारी नगरपालिका–४ कान्छी बजार बाट १० हजार ४६३ ट्याबलेट नियन्त्रित लागू औषध र १ सय ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कटारी नगरपालिका–४ बस्ने अनमोल मगर, आरती राउत, सरद कुमार सुनुवार, विक्रम साशंकार–७ बस्ने हरी बहादुर तामाङ ,वडा नम्बर ८ का भक्त बहादुर तामाङ  र सोम कृष्ण राई रहेका छन्। 

पक्राउ परेका उनीहरुको साथबाट २ लाख ४७ हजार ७ सय २० रुपैयाँ नगद, २ वटा मोटरसाइकल र ६ वटा मोबाइल फोन समेत बरामद गरिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी कमल बजगाईले बताए । बजारमा प्रतिबन्धित लागू औषध ओसारपसार तथा बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय कटारीबाट लागु औषधको बिक्री वितरण तथा कारोबार बढेको छ । प्रहरीले पनि त्यस्ता कार्यमा संलग्न हुनेहरुलाई पक्राउ गर्ने क्रम पनि बढेको छ । गत पुष १६ गते पनि ईलाका प्रहरी कार्यालय कटारीले ५ जना व्यक्तिसहित ६४७ ट्याबलेट लागू औषध, दुई थान मोटरसाइकल, छ थान मोबाइल र नगद ८ हजार रुपैयाँ बरामद गरेको थियो ।

पछिल्लो समय ईलाका प्रहरी कार्यालयले आफूहरुले लागूऔषधको अवैध कारोबारविरुद्ध विशेष निगरानी गरिरहेको जनाएको छ । कटारी प्रहरीले यस किसिमका गैरकानुनी गतिविधिलाई रोक्न कडा निगरानी र कारबाहीलाई प्राथमिकतामा राखेको डिएसपी बजगाईंको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्विरहरु)

काठमाडौँमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्विरहरु)

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर...
म्यान्मारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

म्यान्मारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना...
ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अनुसार ट्रम्पको नयाँ विश्वव्यापी करहरू विश्वव्यापी व्यापार युद्धलाई ट्रिगर गर्ने र महामन्दीलाई गहिरो बनाउनका लागि सबैभन्दा बढी सम्झना गरिने स्मुट–हेली शुल्क ऐन,...
भर्खरै