नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली थाइल्यान्डमा

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगेका छन् ।

प्रधानमन्त्री ओली आज साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुगेका हुन्  । उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । 

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

उनीहरुलाई प्रहरीले आज दोस्रो पटक म्याद थपको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । प्रहरीले ३० जना विरुद्ध आपराधिक उपद्रव र संगठित अपराध तथा ११ जनाविरुद्ध राज्यविरुद्धको...
तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागि भएका...
राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 
भर्खरै