नेभिगेशन
मुख्य समाचार

तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

काठमाडौँ । चैत १५ गतेको तीनकुने घटनामा प्रहरीले ६० राउन्ड गोली चलाएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका स्रोतका अनुसार भिड नियन्त्रण गर्न पेस्तोलबाट २ राउन्ड र राइफलबाट ५८ राउन्ड फायर भएको हो ।


घटनामा प्रहरीले  २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ ।  यस्तै ७ सय ४६ राउन्ड अश्रुग्यास फायर भएको थियो । प्रहरीले चलाएको अश्रुग्यास म्याद नाघेको भेटिएको थियो । 


यस्तै प्रहरीले नपट्की आवाज मात्रै आउने ब्ल्यांक राउन्ड १ सय ९२ थान प्रहार भएको प्रहरीले जनाएको छ । 

राजसंस्था पुर्नस्थापनका लागि भन्दै दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रदर्शन उग्र हुँदा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । सविनलाई गोली लागेको भिडियो बाहिरिएको थियो भने पोस्मार्टम रिपोर्टमा पनि उनलाई एउटा गोली लागेको पुष्टि भएको थियो । 


यस्तै प्रर्दशनका क्रममा ५२ जना घाइते भएका थिए । जस मध्ये ३५ जना डिस्चार्ज भैसको प्रहरीले जनाएको छ ।  यस्तै सुरक्षाकर्मीतर्फ घाइते भएका ७३ जना उपचारपछि डिस्चार्ज भेसकेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

उनीहरुलाई प्रहरीले आज दोस्रो पटक म्याद थपको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । प्रहरीले ३० जना विरुद्ध आपराधिक उपद्रव र संगठित अपराध तथा ११ जनाविरुद्ध राज्यविरुद्धको...
तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागि भएका...
राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 
भर्खरै