नेभिगेशन
मुख्य समाचार

पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

काठमाडौँ । तीनकुने घटना जलेका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम रोकिएको छ । बाहिर रजकलाई पनि गोली लागेको हल्ला चलेपछि चिकित्सकहरुले पहिले एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम रोकिएको हो । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले पछि विवाद हुन सक्ने भन्दै पोस्टर्माटमपूर्व एक्सरे गर्नुपर्ने अडान लिएका छन् । 


विभागका एक चिकित्सका अनुसार विवादित विषय भएको र भोली फेरी थप जटिलता आउने सक्ने भन्दे एक्स रे गर्न माग गरिएको हो । 


फरेन्सिक विभागले शिक्षण अस्पतालको फरेन्सिकमा एक्स रे मेशिन नभएकाले अतिरिक्त व्यवस्थापन गर्न अस्पताल व्यवस्थापनलाई आग्रह गरेको छ । 


तर प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र  रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए ।
अहिले उनको शव शिक्षण अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

उनीहरुलाई प्रहरीले आज दोस्रो पटक म्याद थपको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । प्रहरीले ३० जना विरुद्ध आपराधिक उपद्रव र संगठित अपराध तथा ११ जनाविरुद्ध राज्यविरुद्धको...
तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागि भएका...
राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 
भर्खरै