नेभिगेशन
मुख्य समाचार

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्। 


मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दूराष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बेवास्ता गरिएको उल्लेख गरे । उनले जनताले दिएको राय बोरामा बन्द भएको भन्दै खोल्न माग समेत गरे । 


सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन। संसारभर एउटा हिन्दूराष्ट्र भएको हेर्ने धेरैको रहर थियो। अहिले पनि ति अभिलेख र रायहरू हेरियोस् न' उनले भने ।

सोमबार नेपाली कांग्रेसका सांसद डा.शशांक कोइरालाले पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने आफ्नो धारण रहेको बताएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप

उनीहरुलाई प्रहरीले आज दोस्रो पटक म्याद थपको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । प्रहरीले ३० जना विरुद्ध आपराधिक उपद्रव र संगठित अपराध तथा ११ जनाविरुद्ध राज्यविरुद्धको...
तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागि भएका...
राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 
भर्खरै