नेभिगेशन
समाज

प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ प्रस्थान (तस्विरहरु)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान गरेका छन् । 

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । त्यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन बिमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

त्यस्तै चैत २१ गते बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् भने चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किने तय भएको छ । 

kp-sharma-oli-thailand-8-1743496976.jpg

kp-sharma-oli-thailand-1743496976.jpg

kp-sharma-oli-thailand-4-1743496975.jpg

kp-sharma-oli-thailand-3-1743496975.jpg

kp-sharma-oli-thailand-6-1743496975.jpg

kp-sharma-oli-thailand-1-1743496974.jpg

kp-sharma-oli-thailand-7-1743496975.jpg

kp-sharma-oli-thailand-2-1743496974.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
थाइल्याण्डका राजा बजिरालोङकर्नसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

थाइल्याण्डका राजा बजिरालोङकर्नसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहेका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित...
जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

जब घरको ढोकै अघि निर्दोष दाजु बहिनीलाई राज्यले ढलायो...

यसरी प्रहरीले मान्छे ताकिताकि, त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरुमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागि भएका...
राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

राजावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 
टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

लामाले पौडेलको बारेमा केहि नखुलाएपछि अन्मित पटक उनैसँग कुराकानी भएको देखिएको र बैंकिक कारोबार समेत अस्वभाविक देखिएको छ।
भर्खरै