नेभिगेशन
मुख्य समाचार

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रनिर्माण सम्बन्धी  ब्लुप्रिन्ट (खाका) तयार पार्ने भएको छ । सोमबार चमतीमा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको हो ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।

त्यस्तै, रास्वपाले पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबलाई सक्रिय बनाउने भएको छ । यसका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको रास्वपाले जनाएको छ । 

यस्तै रास्वपाको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

488374853_644554001617931_6187193191105965301_n-1743434348.jpg
487200920_644554144951250_7560075528400330214_n-1743434348.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

उनीहरूले घटनाप्रति दुख व्यक्त गर्दै उपचार खर्च र आवश्यक क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

"आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदुषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदुषण घटेर होइन कि दिल्लीको प्रदुषण बढेर । भोलि देखि थोरै प्रदुषण घट्ने देखिए...
अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

द न्यूयोर्क टाइम्सका अनुसार अमेरिका र इजरायलको आलोचना गरेका व्यक्तिलाई अमेरिका प्रवेशमा रोक्ने उदेश्यले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आवेदकको सामाजिक सञ्जाल चेक  गर्न निर्देशन दिएका छन् । 
पत्रकार सुरेश रजकको शरीरमा भेटिएन गोली लागेको संकेत, पोस्टमार्टम गरिदैँ

पत्रकार सुरेश रजकको शरीरमा भेटिएन गोली लागेको संकेत, पोस्टमार्टम गरिदैँ

एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि उनको पोस्टमार्टम गरिने जनाइएको छ । रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।