नेभिगेशन
मुख्य समाचार

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

महेन्द्रनगर । मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

 मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो । 

उक्त निर्देशनविपरीत अस्पताल सञ्चालन गरेको भन्दै व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । अस्पतालले बाहिर बन्द गरेरभित्र सञ्चालन भइरहेको सूचना आएपछि मुख्यमन्त्री सतिषकुमार सिंहको आदेशपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

मुख्यमन्त्री सिंहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्न निर्देशन दिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधानविद् भीमार्जुन भन्छन्, 'निहत्था माथि राज्य आतंकमा मिडिया, नागरिक र जीउँदो मान्छे सबै चुक्यौँ'

संविधानविद् भीमार्जुन भन्छन्, 'निहत्था माथि राज्य आतंकमा मिडिया, नागरिक र जीउँदो मान्छे सबै चुक्यौँ'

उनले निहत्था नागरिकमाथि राज्यको आतंकका विषयमा राज्यलाई छानबिन गर्न समेत दबाब नदिएर मिडिया, नागरिक समाज र जीउँदो मान्छे भन्ने सबै नराम्रोसँग चुकेको उल्लेख गरेका छन् । 
रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

उनीहरूले घटनाप्रति दुख व्यक्त गर्दै उपचार खर्च र आवश्यक क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

"आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदुषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदुषण घटेर होइन कि दिल्लीको प्रदुषण बढेर । भोलि देखि थोरै प्रदुषण घट्ने देखिए...
अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

द न्यूयोर्क टाइम्सका अनुसार अमेरिका र इजरायलको आलोचना गरेका व्यक्तिलाई अमेरिका प्रवेशमा रोक्ने उदेश्यले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आवेदकको सामाजिक सञ्जाल चेक  गर्न निर्देशन दिएका छन् । 
भर्खरै