नेभिगेशन
मुख्य समाचार

राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट  पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिए । 

प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।

यी विधेयक आजै सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

रास्वपा सांसदहरुले भेटे कोटेश्वरमा प्रहरीको गोली लागी घाइते भएकी रेबिकाको परिवार 

उनीहरूले घटनाप्रति दुख व्यक्त गर्दै उपचार खर्च र आवश्यक क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

"आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदुषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदुषण घटेर होइन कि दिल्लीको प्रदुषण बढेर । भोलि देखि थोरै प्रदुषण घट्ने देखिए...
अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

अब अमेरिका जान भिसा आवेदन दिनेहरुको सामाजिक संजाल चेकजाँच हुने

द न्यूयोर्क टाइम्सका अनुसार अमेरिका र इजरायलको आलोचना गरेका व्यक्तिलाई अमेरिका प्रवेशमा रोक्ने उदेश्यले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आवेदकको सामाजिक सञ्जाल चेक  गर्न निर्देशन दिएका छन् । 
पत्रकार सुरेश रजकको शरीरमा भेटिएन गोली लागेको संकेत, पोस्टमार्टम गरिदैँ

पत्रकार सुरेश रजकको शरीरमा भेटिएन गोली लागेको संकेत, पोस्टमार्टम गरिदैँ

एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि उनको पोस्टमार्टम गरिने जनाइएको छ । रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।