नेभिगेशन
समाज

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन् । 

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए । यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनतामाझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरूको विशेष भूमिका हुने उनले उल्लेख गरे।  

पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको उनले प्रस्ट पारे । मन्त्री गुरुङले भने, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।”

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा पनि जनतालाई सही सूचना प्रसारण गर्ने सर्वजनिक प्रशारण सेवा (पिएसबी) को प्रमुख दायित्व हुने बताए। रेडियो नेपाल प्रत्येक जनताको घरदैलोमा गुञ्जिनुपर्ने र यसका लागि नेपालको माटो सुहाउँदो पिएसबी मोडलका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव समेत उनले कार्यक्रममा राखेका थिए । “राष्ट्रिय एकता सिर्जना गर्ने माध्यम रेडियो नेपाल भएकाले सबै जनताको पहुँचमा पुर्‍याउन जरुरी छ”, उनले भने ।

त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको गरिमामय इतिहास रहेको बताउँदै ‘पिएसबी’ मा रूपान्तरण भएपछि यसले बहन गर्ने जिम्मेवारी जनताप्रति जवाफदेही हुनुपर्ने बताए । ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आगामी दिनमा रेडियो नेपालको पहुँच शत्प्रतिशत जनतामा पुर्‍याउने बताउँदै समावेशी चरित्रका विषयवस्तु तयार गर्नुपर्नेमा प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा हुलाक सेवा विभागले रेडियो नेपालको हीरक जयन्तीसम्बन्धी पहिलो हुलाक टिकट आवरण प्रकाशन गरेको थियो । जसमा सञ्चारमन्त्री गुरुङले टिकट आवरणमा टाँचा प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

उनले भने,“मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको...
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
लोडशेडिङ हटेपछि निर्यात उद्योगहरू खुशी

लोडशेडिङ हटेपछि निर्यात उद्योगहरू खुशी

औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडशेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उर्जा मन्त्रालय र सरकारलाई एसोसियसनले...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।