नेभिगेशन
मुख्य समाचार

तिनकुनेमा अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त थिएन, आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियोः गृहमन्त्री लेखक 

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालसहित आठ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए। “तिनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियो”, गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।” 

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने, एवं सञ्चार गृहमा र सञ्चारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए । 

उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका कुरा: दिउँसोभरका समाचार अपडेट

आजका कुरा: दिउँसोभरका समाचार अपडेट

दिउँसोभरका समाचार अपडेट
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।
जसले पैसा सापटी दियो उसैको हत्या !

जसले पैसा सापटी दियो उसैको हत्या !

सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले १ महिनामा फिर्ता गर्छु भनेर मागेको...