नेभिगेशन
मुख्य समाचार

दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्किएका छन् ।

उनको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको  बताए । 

उनले भने, 'दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत हो ।'

लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका हुन् ।  

सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय चमतीमा बस्ने केन्द्रिय समितिको बैठकमा लामिछानेले सभापतित्व गर्ने छन् भने त्यस अघि बस्ने केन्द्रिय समिति बैठकमा  कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ । 

लामिछानेको सभापत्विमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै, पार्टीको आन्तरिक रणनीति,  लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण अभियान देखि महाधिवेशनको तयारीका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका कुरा: दिउँसोभरका समाचार अपडेट

आजका कुरा: दिउँसोभरका समाचार अपडेट

दिउँसोभरका समाचार अपडेट
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।
जसले पैसा सापटी दियो उसैको हत्या !

जसले पैसा सापटी दियो उसैको हत्या !

सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले १ महिनामा फिर्ता गर्छु भनेर मागेको...