नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहले निर्मल निवासबाट लफङ्गाहरुलाई माला लगाएर जनाताको घर जलाउन पठाएः योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् । भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गर्नुभयो । उहाले जनताले फ्याकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गरे । पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै उनले राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरे । 

राजतन्त्रको छिनोफानो इतिहासले अव कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको  उनले बताए । उनले गणतन्त्रको रक्षाका लागि सवै दलहरु एक ठाँउ भएको उल्लेख गरे । 

‘यो सरकारले तपाईँलाई सेवा सुविधा देको हो । त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले निर्मल निवासमा बसेर भंग गरेका छन् । अज म संसदमार्फत प्रश्न गर्न चाहन्छु, सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन ? म सरमारलाई सोध्न चाहन्छु । उहाँले समझौता भंग गर्नुभयो । उहाँले लफङ्गाहरुलाई जनकमान्डर बनाएर तीनकुने ताण्डव नृत्य नचाउन पठाउनुभो । म दश पटक भन्छु यो शब्द । निर्मल निवासबाट लफङ्गाहरुलाई माला लगाएर जनाताको घर जलाउन पठाउनुभो । तपाईँको सम्झौता भंग भयो । त्यसकारण म भन्न चाहन्छु, तपाईँमाथिको सेवासुविधा अब के हुन्छ ?’ भट्टराईले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

उनले भने,“मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको...
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
लोडशेडिङ हटेपछि निर्यात उद्योगहरू खुशी

लोडशेडिङ हटेपछि निर्यात उद्योगहरू खुशी

औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडशेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उर्जा मन्त्रालय र सरकारलाई एसोसियसनले...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।