नेभिगेशन
समाज

राजेन्द्र लिङ्देनको प्रश्नः सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतबाट मञ्चमा अश्रु ग्यास किन बर्साइयो ? 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । 

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा लिङ्देनले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा छ भन्ने जनताले राम्रोसंग हेरेको भन्दै राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाएका हुन् । 

उनले व्यवहारमा सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै नभइ जनताले व्यवस्था उल्टाउने तर्क गरे । लिङ्देनले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको र उल्टै नागरिकमाथि सरकारले दमन गरेको आरोप लगाए । ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो निणन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईँ कांग्रेस, एमाले भन्नेहरू सरकारमा बसेर भजन गाउँदै, मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो ? सविन महर्जन हिँडिरहेको बेलामा गोली किन हानियो ? छतमाथि बसेर म्याद सकिएको अश्रु ग्यास मञ्चमा किन बर्साइयो ? किन गोली हानियो त्यसको जवाफ चाहिन्छ ।’ लिङ्दनले भने । 

हरेक आन्दोलनमा युवाहरूको योगदान रहने भन्दै युवाशक्तिलाई नहोच्याउन उहाले चेतावनी दिए । त्यस्तै अध्यक्ष लिङ्देनले शुक्रबार भएको घटनाको निष्पक्ष छानविनका लागि न्यायीक आयोग गठन हुनुपर्ने माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

उनले भने,“मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको...
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
लोडशेडिङ हटेपछि निर्यात उद्योगहरू खुशी

लोडशेडिङ हटेपछि निर्यात उद्योगहरू खुशी

औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडशेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उर्जा मन्त्रालय र सरकारलाई एसोसियसनले...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।