नेभिगेशन
मुख्य समाचार

कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएको बताएका छन् । सोमबारको संसद बैठकमा कुलमान हटाएको विषयण्मा जवाफ दिदै प्रधानमन्त्री ओलीले लोयल नहुने कर्मचारीलाई हटाउन सकिने र यस्तो अहिलेको सरकारले मात्र नभएर यसअघिका सरकारले पनि गर्ने गरेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘केही दिनदेखि सदन अवरुद्ध छ । महत्वपूर्ण संसदीय कार्यमा वाधा पुगेको छ । राट्रसेवक कर्मचारीको गुणदोाष टिप्पणी गर्ने स्थल चाहीँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाइ पुरस्कार र दोषीलाई कारवाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । यत्रि चाहीँ भनौँ, सामान्य त कुनैपनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा मन्त्रीप्रति, कानुनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने... (केही बेर अन्य सांसद बोल्न थालेपछि केही बेर रोकिन्छन्) कारबाही होला, परीक्षण पनि होला । हुने ठाउँमै होला त्यो पनि । त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, नसियत चेतावनी दिने, वा पदमुक्त गर्नेसम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्र होइन जहिलेको सरकारले पनि गर्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका कुरा: दिउँसोभरका समाचार अपडेट

आजका कुरा: दिउँसोभरका समाचार अपडेट

दिउँसोभरका समाचार अपडेट
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।
जसले पैसा सापटी दियो उसैको हत्या !

जसले पैसा सापटी दियो उसैको हत्या !

सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले १ महिनामा फिर्ता गर्छु भनेर मागेको...