नेभिगेशन
मुख्य समाचार

रविन्द्र मिश्रलाई हतकडी लगाएर म्याद थपका लागि अदालत लगियो 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपको लागि अदालत उपस्थित गराइएको छ । उनलाई प्रहरीले हतकडी लगाएर अदालत उपस्थित गराएको हो । 

शुक्रबार राजावादीहरु तीनकुनेमा गरेको प्रदर्शन हिंसातमब बनेपछि उनलाई शुक्रबार राति नै प्रहरीले पक्राउ गरेको हो । उक्त प्रदर्शनमा मिश्र पनि सहभागी थिए । उनले प्रदर्शन भड्किसकेपछि पनि यो सुरुवात मात्रै भएको अभिव्यक्ति दिएका थिए । 

उनलाई उक्त प्रदर्शनपछि भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ गरिएको थियो । उनीसँगै  धवलशम्सेर जबरालाई पनि म्याद थपका लागि अदालत लगिएको छ । 
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपका १ सय ११ जनालाई पक्राउ गरेको छ । 

राजसंस्था पुर्नस्थापनाको माग गर्दै शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनीका घटना भएका छन् । काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। 

प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ। 

Rabindra-mishra-1743335289.jpg

myad-thap-3-1743335289.jpg

myad-thap-1743335289.jpg

myad-thap-2-1743335289.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

घटनामा प्रहरीले  २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ ।  यस्तै ७ सय ४६ राउन्ड अश्रूग्यास फायर भएको थियो...
पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र  रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए । अहिले...
तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 
नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था...