नेभिगेशन
समाज

रास्वपा नेता डिपी अर्यालद्वारा राजावादीहरुले क्षति पुर्याएका स्थानको निरीक्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले राजावादीहरुले क्षति पुर्याएका बिभिन्न स्थानको भौतिक संरचनाको निरिक्षण गरेका छन् । 

आइतबार रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारी लगाएतको टोलीले राजावादीले क्षति पुराएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौँको तीनकुनेको भवन आगलागी लगाएतका भौतिक संरचनाको निरिक्षण गरेको हो ।

जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण गरिएको रास्वपा कार्यबहाक सभापति अर्यालले बताए । उनले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । 

अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । यसमा सुरक्षा कमजोरी देखिएको उनको भनाइ छ । 

उनले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

घटनामा प्रहरीले  २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ ।  यस्तै ७ सय ४६ राउन्ड अश्रूग्यास फायर भएको थियो...
पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र  रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए । अहिले...
तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 
नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था...