नेभिगेशन
उद्यम

२९ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२ कित्ता शेयर ७६ हजार तीन सय ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ५६ करोड ८२ लाख २६ हजार एक सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज म्युचुअल फण्ड उपसमूहको उपसूचक शून्य दशमलव १५ र व्यापार समूह शून्य दशमलव २६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा वित्त समूह दुई दशमलव शून्य एक, लगानी दुई दशमलव १८ र अन्य समूह दुई दशमलव शून्य आठ प्रतिशतले बढेको छ । 

बैंकिङ र वित्त समान शून्य दशमलव ८२, होटल तथा पर्यटन एक दशमलव ४१, जलविद्युत् एक दशमलव ५४, जीवन बिमा शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५८, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बिमा शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा प्रभु स्मार्ट फण्डको शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६९ करोड १९ लाख ७७ हजार चार सय ११ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रमोटर शेयर आठ लाख ५० हजार आठ सय नौ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप उद्यम
उद्योगमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक संघले  दियो प्राधिकरण र सरकारलाई धन्यवाद !

उद्योगमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक संघले  दियो प्राधिकरण र सरकारलाई धन्यवाद !

विज्ञप्तीमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण नेपालका सीमित निर्यातमुखी उद्योगमध्यको अग्रणि धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि नै...
दुई हप्ताभित्र सकारात्मक नजिता देखिने गरि काम गर्छुः हितेन्द्रदेव शाक्य

दुई हप्ताभित्र सकारात्मक नजिता देखिने गरि काम गर्छुः हितेन्द्रदेव शाक्य

शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुईहप्ताभित्र केहि सकारात्मक नजिता देखिने गरि काम गर्ने उल्लेख गरे ।...
अझै नियन्त्रणमा आएन दाङको प्लाई उद्योगमा आइतारदेखि लागेको आगो 

अझै नियन्त्रणमा आएन दाङको प्लाई उद्योगमा आइतारदेखि लागेको आगो 

आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिऐ । अहिले पनि आगो नियन्त्रणको...