नेभिगेशन
समाज

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबारको घटनामा पूणरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषि रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् । 

पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकार भन्दा बढि दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यही अनुसार छानविन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए । 

उनले मुलुकमा भएका घटनाका बिषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद नै दोषी भएको धारणा राखे । प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

घटनामा प्रहरीले  २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ ।  यस्तै ७ सय ४६ राउन्ड अश्रूग्यास फायर भएको थियो...
पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र  रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए । अहिले...
तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 
नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था...