नेभिगेशन
मुख्य समाचार

फरार भएका दुर्गा प्रसाईँको भिडियो बयानः म भागेको छैन, काठमाडौँमै छु (भिडियोसहित)

'मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । '

काठमाडौँ । तीनकुने घटनापछि फरार भएका दुर्गा प्रसाईँले आफू फरार नभएको बताएका छन् । दुर्गा प्रसाईँ नामक फेसबुक पेजमा पोस्ट भएको भिडियोमा प्रसाई कुनै मन्दिरका अघि बसेका छन् ।

तीनकुने घटनामा आफूलाई गोली हान्ने अवस्था देखेपछि आफू सुरक्षीत रहनका लागि काठमाडौँकै कुनै एक मन्दिरमा बसेको उल्लेख गरेका छन् । 

उनले भनेका छन्,'शान्तिपूर्वक जनविद्रोह कार्यक्रम घोषण गर्न जाँदै गर्दा मलाई मार्ने योजना रहेछ' ।

प्रसाईले युवा संघ र प्रहरीले कार्यक्रम सुरु हुनुपुर्व नै घुसपैठ गरेको आरोप लगाएका छन् । उनले आफूलाई गन्जालोमा हालेर आन्दोलन दबाउन खोजेको दाबी समेत गरेका छन् । 
प्रसाईको भनाइ यस्तो छ

''चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ।

माओवादीको सभामा ३ हजार मान्छे आए, हाम्रा मान्छे बढी हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन दिएनन् । जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाए । म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुश्मनी होइन । पर्न गएको चोटमा क्षमा चाहन्छु ।

दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षितमात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु ''।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

घटनामा प्रहरीले  २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ ।  यस्तै ७ सय ४६ राउन्ड अश्रूग्यास फायर भएको थियो...
पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

पत्रकार रजकको पोस्टमार्टम रोकियो, विवाद आउन सक्ने भन्दै चिकित्सकले खोजे एक्सरे 

प्रहरीले भने पत्रकार रजकको शरिरमा गोली नलागेको बताउँदे आएको छ । तीनुकने चोकमा प्रदर्शनका क्रममा आगलागी भएको घर भित्र  रजक ७० प्रतिशत जलेको अवस्थामा भेटिएका थिए । अहिले...
तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 
नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था...