नेभिगेशन
मुख्य समाचार

‘नियोजित रुपमा काटियो संसद बैठकको प्रत्यक्ष प्रसारण’

काठमाडौँ । आइतबार ११ बजेका लागि प्रतिनिधि सभानको बैठक बोलाइएको थियो । तर ढिला गरी संसद बैठक सुरु भएको थियो । विपक्षी दलहरुले कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीबारे सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै अवरोध गरेका थिए भने सत्तापक्ष दलका सांसदहरुले बैठक सञ्चालन गर्नुपर्ने भन्दै विपक्षीमाथि खनिएका थिए । 

सांसदहरु बाझाबाझमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

सधैँ प्रतिनिधिसभाको युट्युब च्यानलमार्फत गरिने प्रत्यक्ष प्रसारण आज भने गरिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले नियोजित रुपमा संसद बैठकको लाइभ काटिएको बताए । ‘सरकारले नियोजित रुपमा लाइभ काटेको छ । हामीले यस विषयमा सभामुखसँग कुरा गर्दैछौँ ।’ अर्यालले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 
नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था...
हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

गत माघ १८ गतेबाट सुरू भएको पाँचौ अधिवेशनमा ६१ दिन चलेको थियो  । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम भएको सचिवालयले...
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

 यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं...