नेभिगेशन
समाज

प्रधानमन्त्रीले बोलाएकाे सर्वदलीय बैठकमा राप्रपालाई बहिस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । पछिल्लो समसामयिक घटनामा छलफल गर्न बोलाइएको बैठकमा राप्रपालाई भने बहिस्कार गरिएको छ । 

साँझ ७ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा गणतन्त्रवादी दलहरुलाई बोलाइसकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

पछिल्लो समय स्वयम् सत्तापक्षीय नेताहरु र प्रतिपक्ष दलहरु सरकारले कुलमान घिसिङलाई पदबाट हटाएकोमा आन्दोलनरत छन् । विपक्षी दलहरुले त सो विषयमा प्रधानमन्त्रीको जवाफ चाहिने अडान कस्दै संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आइरहेका छन् । 

सोही बिचमा गत शुक्रबार राजावादीहरुले काठमाडौँमा गरेको आन्दोलन र हिंसात्मक गतिविधिबारे छलफल गरेर निष्कर्षमा पुग्न गणतन्त्रवादी दलहरुलाई बैठकमा बोलाइएको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

तीनकुनेमा मृत्यु भएका सविनलाई एउटा गोली लागेको पुष्टि

चैत १५ गते तीनुकनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी महर्जनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 
नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

नेपाली कांग्रेसका सांसद गिरी भन्छन्ः नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक छ

सांसद गिरीले भने ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ, त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो, कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था...
हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

गत माघ १८ गतेबाट सुरू भएको पाँचौ अधिवेशनमा ६१ दिन चलेको थियो  । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम भएको सचिवालयले...
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

 यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं...