नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउँदै, संसद अवरोध जारी राख्ने विपक्षीदलको अडान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन् । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको सचेतकहरुको बैठकका क्रममा नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज साँझ सर्वदलीय बैठक बोलाउने जानकारी गराएका थिए  ।

विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि बर्तौलाले आजै साँझ प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने बताएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

बैठकमा बर्तौलाले प्रधानमन्त्री ओली र प्रमुख विपक्षीदलका नेता पुष्पकमल दाहालसँग फोन संवाद गरिसकेको बताएका थिए  । 

तर संसदको चौथो ठुलो दल रास्वपालाई भने सर्वदलीय बैठकका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको कार्यवहाक सभापती डाेलप्रसाद(डिपी) अर्यालले जानकारी दिए । 

संसद भवनमा भएको छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए । 

 कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

 यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं...
ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।
आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।