नेभिगेशन
समाज

पाथिभरा केबलकारको निर्माण अघि नबढाउन सर्वोच्चको आदेश

काठमाठौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरा क्षेत्रमा बनाइराखिएको केबलकार यथास्थितिमा राख्न आदेश दिएका छ । न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले सो निर्माणस्थलमा भएको कामलाई अघि नबढाउन आदेश दिएको हो । 

त्यस्तै यामबहादुर लिम्बूले दायर गरेको रिटमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश समेत भएको छ । ‘निवदेकले अन्तरिम आदेश जारी हुन माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भिर्यता हेर्दा दुवै पक्षको सुनुवाई गरी अन्तरिम आदेश जारी हुनु पर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले हालसम्म भए गरेका काम कारवाहीहरु यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि उपस्थित हुन मिति २०८१/१२/२६ गतेको पेशी तोकी सो को जानकारी विपक्षीहरुसमेतलाई दिनु’, आदेशमा भनिएको छ । 

अदालतको सो आदेशपश्चात व्यवसायी चन्द्र ढकालको कम्पनीले बनाइरहेको विवादित केबलबार तत्कालका लागि नबन्ने भएको छ । स्थानीयको अवरोधका बिच बनिरहेको केबलकारको विरोधमा पहिचानवादी समूहहरु न्यायीक निकाय गुहार्न पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

गत माघ १८ गतेबाट सुरू भएको पाँचौ अधिवेशनमा ६१ दिन चलेको थियो  । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम भएको सचिवालयले...
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

 यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं...
ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।