नेभिगेशन
मुख्य समाचार

दिपकराज गिरि भन्छन्ः 'म शेरबहादुर, केपी ओली र प्रचण्डलाईनै राजा मानेको राजावादी हुँ'

काठमाडौँ । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । साथै आफूलाई राजावादी भन्नेहरुलाई आफूले नेताहरुलाई नै राजा मानेको व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । 

उनले राजावादी आन्दोलनको ठिक एक दिन अघि एउटा बौद्धिक भेला हुँदैछ जसले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला  भनी बोलाएर आफूलाई राजावादीको सूचीमा राखेकोमा असन्तुष्टि  जनाएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्,' २०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ! मेरो राजावादी यात्रा ठोस रूपमा सुरु २०४६ पछि सुरु भएको हो ! मुलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो, कुन बिचार र दललाई अंगालौ भनेर अध्ययन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर राजाुको पार्टी रोजियो ।'

उनी थप लेख्छन्– 'त्यसपछि २०६२/६३ आयो , त्यतिबेला मूलक नै संकटमा परेको आभास भयो र प्रचण्ड राजाको क्रान्तिकारी तेज बाट प्रभावित पनि भइयो र उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिँडियो पनि ११ त्यति बेला फेरी एकपल्ट राजावादी भइयो!'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

हिउँदे अधिवेशनको चलेको ११८ घण्टा २१ मिनेटमा सांसदले के के काम गरे ? (पूर्णपाठ)

गत माघ १८ गतेबाट सुरू भएको पाँचौ अधिवेशनमा ६१ दिन चलेको थियो  । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम भएको सचिवालयले...
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

 यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं...
ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।
आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।