नेभिगेशन
मुख्य समाचार

रविन्द्र मिश्र सहित १ सय १३ जनालाई अदालत पेस गरिदै,'राज्यविरुद्धको अपराध कसुर'मा म्याद थपको तयारी 

काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सहित ९ जनलाई आज म्याद थपका लागि अदालत पेस गरिने भएको छ । 


शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उपाध्यक्ष मिश्र सहित राप्रपाका महामन्त्री धवलशमशेर राणा,  ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडा लगायत  ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थपका लागि पेश अदालत पेश गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीले उनीहरुलाई  आन्दोलन भड्काउन मुख्य भूमिकाा खेलेको आरोप लगाएको छ । 


प्रहरीका अनुसार उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दामा पनि जोड्न खोजिएको छ ।


शुक्रबारको घटनामा प्रहरीले हालसम्म पक्राउ परेको ११३ जनालाई आवश्यक स्क्रिनिङपछि  संलग्नताको आधारमा आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने तयारी गरेको छ। 
आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई भने फरार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

 यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं...
ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

ईदको अवसरमा यूएईमा १ सय ६६ नेपालीले पाए आममाफी 

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।
आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।