नेभिगेशन
समाज

राजावादीको तीनकुने आन्दोलनपछि किन विवादमा तानीय प्रवुद्ध समूह ?

काठमाडौँ । राजावादीहरूको आन्दोलनको पूर्वसन्ध्यामा एउटा विज्ञप्ती सार्वजनिक भयो । उक्त विज्ञप्तीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, पूर्वअध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, पूर्व उपाध्यक्षहरु भाष्करराज राजकर्णिकार, दिनेश श्रेष्ठ, किशोर प्रधान, त्रकारहरू जीवराम भण्डारी, टीकाराम यात्री, युवराज घिमिरे, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, कलाकार दीपराज गिरि लगायत ३२ जनाको नाम थियो । 

तर अहिले सो विज्ञप्तीका कारण सबैजना विवादित बनेका छन् । 

उनीहरुले नाम उल्लेखित विज्ञप्तीमा दुर्गा प्रसाईले नेतृत्व गरेको राजावादी आन्दोलनको पक्ष लिइएको थियो । वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्व आवाजहरु प्रति आफुहरुको ऐक्यवद्धता जाइएको थियो । दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गर्दै विज्ञप्तीमा भनिएको थियो, ‘प्रजातान्त्रिक व्यवस्थामा राष्ट्रिय, अन्तरराष्ट्रिय निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुले वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने त्यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।’

साथै विज्ञप्तीमार्फत दुर्गा प्रसाईको राजावादी आन्दोनलाई जनताका शान्तिपूर्ण आवाज र मागको संज्ञा दिँदै राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्टि अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल समेत प्रयोग नगर्न धक्की दिइएको थियो । 

उनीहरुमाथि शुक्रबार भएको लुटपाट र आगजनीको मतियार बनेको आरोप लागेको छ । यद्यपी उक्त विज्ञप्तीमा उनीहरुको हस्ताक्षर भने थिएन । शुक्रबारको आन्दोलन हिंसात्मक बनेपछि अहिले उक्त विज्ञप्तीमा नाम उल्लेख भएकाहरुले त्यसमा आफ्नो समर्थन नभएको बताउन थालेका छन् । 

पूर्वआईजीपी सर्वेन्द्र खनालले भेलामा छलफल भएको विषय र अपिल जारी गरिएको विषय नै फरक परेको र आफ्नो नाम अनुमतिबिना राखिएको भन्दै आपत्ति नै जनाएका छन् । 

त्यस्तै दीपकराज गिरीले भनेका छन्, ‘म न त अहिलेको श्री ३ (प्रचण्ड, केपी, शेर) को पक्षमा छु न त उहिलेका श्री ५ को ! कुनै एक व्यक्ति र वादको पक्षपोषण गरिन्न ! आएको समाचार गलत छ ।’

यता टिकाराम यात्रीले लेखेका छन्, ‘कुनै पनि सार्वजनिक कार्यक्रममा जाँदा, मनले टार्न नसक्ने ठाउँमा जाँदा पनि विचार पुर्‍याउनुपर्ने रहेछ । कसले कुन प्रयोजनले बोलायो र त्यो भइसकेपछि त्यसमा आफ्नो नाम उल्लेख हुन्छ कि हुँदैन प्रस्ट हुनुपर्ने रहेछ । मलाई यो घटनाले त्यही सिकाएको छ ।’

WhatsApp-Image-2025-03-29-at-12.46.10-1743260932.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।