नेभिगेशन
मुख्य समाचार

पूर्वराजालाई जरिवाना तोक्ने निर्णय फिर्ता लिन बालेनलाई कमल थापाको आग्रह 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुक्रबारको प्रदर्शनका क्रममा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । 
प्रदर्शनमा उग्र हुँदा आगजनी तोडफोड देखि २ जनाको ज्यानै गएको थियो । 


महानगरको क्षेत्राधिकार भित्र पर्ने क्षतिको मूल्यांकन गरेर महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।


यस विषयमा टिप्पणी गर्दै कमल थापाले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो स्टन्ट भयो । मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला ? म अलमलमा छु ।’


उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह गरेका छन् ।


थापाले लेखेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्वराष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो’, उनले भनेका छन्, ‘पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।